भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँखासँग आँखैले कुरा गरेपछि / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



आँखासँग आँखैले कुरा गरेपछि
भेट्नेछुट्ने हिसाबमा छाया परेपछि
जानेलाई कसले रोक्नु जालै हालेर
उर्लिएको भेलबीच ज्यानै फालेर
 
हिजोआज किन होला माया भयो बेग्लै
सधैँ साथ दिन्छु भन्ने आज हुन्छ एक्लै
किन हिँड्छ मान्छे मनको आँखै टालेर
उर्लिएको भेलबीच ज्यानै फालेर
 
भूइँबाट एकैचोटि आकाश छुन खोज्छ
आफैँ ठूलो आफैँ खुसी हुने बाटो रोज्छ
सयौँ मृत्यु मर्छ ज्यूँने चाह पालेर
उर्लिएको भेलबीच ज्यानै फालेर