भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँखा ओछ्याई / एस्पी कोइराला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

केटा
आँखा ओछ्याई हेरिरहन्छु धित मर्ने गरी
मरुभूमि माझ मिठो पृत छर्ने गरी
केटी
पाइला पछ्याई पर्खिरहन्छु छायाँ हाँस्ने गरी
चोखो एउटा मिलनको माया गाँस्ने गरी

केटा
वसन्तको मुनासरी अँझै अघि लम्क
पूर्णिमाको जुनसरी अँझै बढी चम्क
केटी
आशा बिछ्याई बसेकै छु आँसु झर्ने गरी
मिलनको सप्तकोशी साँघु तर्ने गरी

केटी
सागरभित्र मोती जस्तै तिमी छौ मभित्र
अँध्यारोमा ज्योति जस्तै तिम्रै हो त्यो चित्र
केटा
पाइला पछ्याई कुरेकै छु छक्क पर्ने गरी
प्रेमका सारा पुजारी नै मख्ख पर्ने गरी