Last modified on 29 जून 2017, at 21:41

आँफै पो खोज्नु पर्छ जुनी काट्ने / कृष्णहरि बराल


आँफै पो खोज्नु पर्छ
जुनी काट्ने आफ्नो साथी
घरकाले खोज्छन् भन्छौ
तिमी कुन जमानामा छौ
आफूले भोग्नुपर्ने दु:ख र सुख सारा
अर्काले रोज्छन् भन्छौ
तिमी कुन जमानामा छौ

अड्डा छन् अदालत छन्
मन्दिर छन् नाता जोड्न
जोडेको नातालाई नपरोस् फेरी तोड्न
छोडिन यो चलन यो सात फेर घुम्नु किन
गोडा धुन्छन् पुज्छन् भन्छौ
तिमी कुन जमानामा छौ

घर गाउँमा त केबल जुराउने कुरा हुन्छ
मन भन्दा पनि चिना मिलाउने कुरा हुन्छ
एक्काइसौँ सदीमा यस्तो नगरौँ भन्दा
अरूले के सोच्छन् भन्छौ
तिमी कुन जमानामा छौ

शब्द: कृष्णहरि बराल
स्वर: निशा देसार