भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँसु चुहेको छैन / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आँसु चुहेको छैन
गह रुझेको छैन
फेरि विह्वल छ यो दिल
व्यथा बुझेको छैन
 
नयन उदास छ हरपल यसै विवश छ जीवन
हरक्षण लुकाई आँसु शीतल भएन यो मन
जीवन मरेको छैन
उमेर ढलेको छैन
किन विह्वल छ यो दिल
व्यथा बुझेको छैन
 
बस्ती उजाड फेरि हरक्षण सन्त्रास छ मनमा
हरपल सन्तापले पोल्छ मेरो एकान्त पनमा
आकाश जलेको छैन
धर्ती बगेको छैन
किन विह्वल छ यो दिल
व्यथा बुझेको छैन