Last modified on 28 जुलाई 2017, at 23:04

आँसु / विमला तुम्खेवा


फेरि म एकपटक
नमीठो गरी दुखेँ

लुथ्रुक्क भएँ आँसुका धाराहरुमा
दुख्नु आफैमा नमीठो रहेछ
तर
मैले बुझ्न सकिनँ
आँसुका भाषाहरुलाई
न बुझ्न सकेँ आफ्नै दुखिरहेको मुटुलाई ।