आँसु
आएछौ नि हतारैमा बिहानभन्दा पैले
मुटु साँटी मनको बह खोल्नै भ्याइँन मैले
पर्खिबसेँ एकान्तको टाढा पँधेरीमा
जूनकीरी झैँ भेटिन्छौ कि भन्दै अँधेरीमा
सिरानीको वाचा पनि विरानी भो ऐले
मुटु साँटी मनको बह खोल्नै भ्याइँन मैले
पाखै ढाक्ने कुहिरोभित्र खाली ठाउँ देखेँ
लुकाएर पढ्छौ भनी मनका कुरा लेखेँ
अल्झिएछु धुवाँभित्र आगो सल्क्यो कैले
मुटु साँटी मनको बह खोल्नै भ्याइँन मैले ।