Last modified on 6 फ़रवरी 2022, at 21:39

आकाशका तिर्मिरे तारा म गन्न सक्दिनँ / म. वी. वि. शाह

आकाशका तिर्मिरे तारा म गन्न सक्तिनँ
मनको कुरो मुखमा ल्याई म भन्न सक्दिनँ

साउने झरी ढुङ्गेलो बाटो बिर्सिन सक्दिनँ
बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्दिनँ

धाराको कुना निरको भेट म भन्न सक्दिनँ
झरीको पछि लागेको जून बिर्सिन सक्दिनँ

जुनेलो छाया मायालु उनी म भन्न सक्दिनँ
हातमा हात परेको बेला बिर्सिन सक्दिनँ