भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आकाश बस्छ सधैँ माथि बस्छन् जून-तारा / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 नदी
 
आकाश बस्छ सधैँ माथि बस्छन् जून-तारा
तिनको पनि माया गर, ती हुन् मित्र प्यारा
 
घामलाई, जूनलाई काँधमा बोक्नुपर्छ
तिन्ले दिने उज्ज्वल किरण तिम्ले पोख्नुपर्छ
पहाडविना यो धर्तीको विरूप लाग्छ काया
तिम्रै महान् अस्तित्वमा खेल्छन् घाम-छाया
 
दुःख-पीडा जम्दा जम्दा हिमाल बन्यौ तिमी
विशाल चट्टान समाई रुने पहाड बन्यौ तिमी
त्यही पहाड फुटी आएँ जान्न नाता तोडी
नदी कहाँ नदी हुन्छ आफ्नो मूल छोडी