भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगोहरु अझै / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


चहलपहल गरिरहेछन्
अगेना भित्र
आगोहरु अझै ।

उनीहरु
मासुको तरकारी नउम्लाई
नछोएड्ने भएका छन् ।

टाउको निकालिरहेछन्
चिम्नीको प्वालबाट धुँवाहरु
भंगेराहरु चौका बाहिर
नूनको बिर्को उघारेको आवाज सुनिरहेछन्
परेवाहरु सुनिहरेछन् बाहिर सिलौटा पिडाले कराईरहेको ।

बाहिर घाम लागिरहेछ
लागिरहेछ चौकाभित्र झन घाम ।

अगेनाभित्र
आगोहरु हात मिलाइरहेछन्
मिटिङ गरिरहेछन् । आमसभाहरु गरिरहेछन्
योजनाहरु गरिरहेछन्
कार्यक्रमहरु बनाइरहेछन् ।

वराहक्षेत्र त पुगियो
अब, उनीहरु अगाडीको बाटो सोचिरहेछन्
म देखिरहेछु
उनीहरुको ढाँडमा अझै छ त्यो 'रुपसाइठ'
उनीहरुले युद्धको पोशाक उतारेका छैनन् ।

चहलपहल गरिरहेछन्
आगेनाभित्र
आगोहरु अझै ।