भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग १३ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फेरि–
बुद्धजस्तै अर्का मानिस
न्याजरेथका जोजस
जेरुसलेममा देखा परे।
कानाले ऋणी बाईसको चश्मा पाए,
अन्धाले धनी बाईसको चश्मा पाए।
जीजसलाई सद्भाव चढ्यो–
उनमाथिको अन्धश्रद्धाले
जोडिएका कृत्रिम कथा छोडेर–
उनकै कैयौँ तरङ्गी रुपक
आलङ्कारिक अड्कलका
सुन्दर भाव छोडेर पनि
ग्यलिलीको, पोखरीबाट
फोहरा चलाई तुमुल युद्धले जर्जर भएको यस संसारलाई
भिजाउने उनको मानवताको
छायामन्तिर पीडितहरूले
मीठो निद्रा पाए–
मृत्युको डाँडापारि निराशाले आशा पाए।
तर शक्तिधनका धनाढ्यहरूले
शक्तिमदका उपासकहरूले
हात खुट्टामा कीला ठोकी
कट्ट काठमा टाँगेर
जीजस क्राइस्टलाई मारे,
यस संसारदेखि विरक्त भई
उनको मनअनुसारको
अर्को स्वर्गीय संसारको
कल्पना गर्दै तारा पुकारी
वैरीहरूमाथि क्षेम चिताई
शहीद भएर उनी मरे।