भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग २४ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रुसो पानी भैकन भन्छन्–
‘प्रकृति हाम्रो हितकारी छ,
स्वभावत: मानिस–मानिसमा
समानताको प्रवाह छ,
बलियाहरूको सभाद्वारा
उत्पन्न भएको सभ्यताले
दुर्बलमाथि शासन चलाई
भेदभाव असमानताको
ऐन नीति विधानको राँको
समाजमा घुस्न दिएका हुन्।’
निट्ज्शे आगो बनेर बोल्छन्–
‘शक्ति नै परम धर्म हो,
शक्तिको इच्छा स्वाभाविक गुण हो’
स्वभावत: मानिस–मानिसमा
असमान तेजको लक्षण छ ,
परमेश्वर छैन, उसकी ठाउँमा
परम मनुष्य छ!
बौद्ध क्रिश्चियन स्वास्नीमान्छे हुन्
उद्वेगबिनाको मानिस दूध हो।
रुसोले फ्रान्सका जनताद्वारा क्रान्ति गराए।
निट्ज्शेले सोही क्रान्ति दबाउने
एकतन्त्री कल्पनामय शासक
सम्राट नेपोलियन मन पराए,
इस्पात–मनुष्य बिस्मार्कलाई
लोहित कण्ठले समर्थन गरे।
बिस्तार ब्रिटिश साम्राज्य–विस्तार
द्वीप–द्वीपान्तरमा बढ्यो,
सभ्यता जङ्गली भयो,
सबै द्वीपमा ब्रिटिशसिंहका तोपको गर्जन गुञ्ज्यो,
विजयी विक्टोरिया भारतसम्राज्ञी बनिन्।
बुद्धको जन्मस्थलमा
विडम्बनाको नृत्य खुल्यो :
अहिंसावादी बुद्धलाई भगवान् मान्ने नेपाली
त्यस्तै अर्का अहिंसावादी
क्राइष्टलाई ईश्वरपुत्र मान्ने अङ्गरेज जाति
दुईको बीचमा समर चल्यो।
राजेन्द्रलक्ष्मीका सिंहनादमनि
डमरुजस्तै हुर्केका
नेपाली स्त्री र बालकसमेत
जोधा बनी तोपका गोला
छातीले फोड्दै मरे।
अश्वमेधको सट्टामा झन्
चर्को बारुद–मेघ थियो,
उसमा घोडा अगि–अगि हिंड्थ्यो
यसमा गोला अगि पुग्थ्यो,
शस्त्र जसको सङ्ग्राम उसको,
जसको लट्ठी उसकै भैंसी,
नेपालीले वीर–नाम कमाई
आधा नेपाल हार तिरे,
पोखिएको रिस गृहकलहमा दन्कँदा
फेरि सहस्रौँ व्यक्ति जले।