भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग ३ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जब यहाँ अमृतको आंशिक विजय भयो,
बिस्तारैबिस्तारै भुवनमा
जीवनका चिह्नहरू देखिन थाले,
पानी–बिरुवा, थलथले माछा, अनि भयङ्कर भ्यागुता,
कुकुरदाँते साइनोग्यान्याथस, अनि पेलिकोसर्स
कोटिलोसर्स अनि डाइनोसर्सहरू : स्टेगोसरस,
बून्टोदसस, त्रिसर्यानटप्स, तदन्तर –
सम्राट टाईरान्नोसरस,
(एकसमय उसले देखेजति ठाउँमा उसकै साम्राज्य थियो)
फेरि लाल्लोसारस, प्लेसियोसारस, अनि डाइनोसेरास,
(जीवनमृत्यु)
थार्कियोप्टेरिक्स, अनि हेस्पेरोनिंस,
पखेटा हुँदै नभएको पानी हाँस।
अनि राजवंशी –
बाघ हात्ती एवं वनमान्छे।
लाखौं वर्षको यिनको इतिहास
पानी र अग्निको इतिहास हो, –
आँखाबाट आगो बर्सेको दाह्रामा बिजुली चम्केकोलाई –
प्रत्येक औंलाका नङ्ग्रामा बलिराखेको हिंस्रक दीपलाई –
फोडिएको छातीबाट नाइयागराको छाँगा जस्तै
खसेको रगतका मोटा लस्सादार धाराले
बहँदैबहँदै
काम क्रोध लोभको आगो
निभाउन खोजेको इतिहास हो,
हाँसिरहेको हाडहरूलाई
रोइरहेका रक्तसिन्धुले
डुबाउन खोजेको इतिहास हो।

क्रमश: अगाडि