भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग ४ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रातभर आगोले डढेलो लगाएर कालो पारिसकेको
फलफूलका रुख फूलका लताहरूको श्मशानमा
पानीले अनेकानेक बुट्टा पारेर शीतबिन्दु चुहाउँदै श्रद्धाञ्जलि अर्पण गर्न लाग्यो,
फेरि वन हरियो भयो।
आगाले जतिचोटी यस्तै विनाश मास्तिर गरे पनि
पानीले बीजलाई जरालाई आफ्नो काखमा
झुलाउँदै स्तनपान गराउँदै राखी हुर्कायो।
त्यही सुगन्धित कुञ्जमा
अन्त्यमा मान्छे जन्म्यो।
धेरै नै चिसो भैसकेको लोकमा सबभन्दा पछिबाट
जन्मेकोले मानिसले बुद्धिमा सबैलाई जित्यो,
परन्तु आगाले वडवानल भै पानीको गुदीमा बस्तै
मानिसलाई फसाइदियो,
पानी जहाँ दया भै बस्थ्यो
त्यही हृदयमा मात्सर्य बनी
आगो घुस्रन पुग्थ्यो –
जहाँ पानी प्रेम बनीकन आँखाको कोसमा नाच्थ्यो,
त्यहीं आगो क्रोध भईकन नानीवरिपरि राँकिन्थ्यो,
जहाँ ओठ मायाले भिजी चुम्बन गर्न उकासिन्थ्यो,
दाँत स्वार्थले कटकटाउँदै त्यही जिब्रो सुखा पाथ्र्यो,
पानी ‘पारदर्शक भईकन आफ्नो छाती देखा,’ भन्थ्यो,
आगो ‘आगो पारी चाट् सब सर्वभक्षी बन्’ भन्थ्यो,
कसैले पानीको कलकल सुन्यो,
कसैले आगाको दनदन,
कसैले शिवको उपासना गर्योो
कसैले शक्तिको उपासना२,
कसैले जीवितको कुरा सुन्यो,
कसैले मृतको कुरा बुभेंm भनिठान्यो,
कसैले यस लोकलाई हेर्यो्,
कसैले इन्द्रलोकलाई सूर्यको सभामा देख्यो,
कसैले पर, अझ पर
परलोकलाई हृदयको प्रभामा देख्यो
अग्निमा अन्न देख्ने अग्निपूजक बने।
जलमा सप्तजिह्वा देख्ने नागपूजक बने
वास्तविक–भोगाभोक अघाइने भो,
कल्पना नित्य मीठो ठहर्यो्।
स्वप्नमा पनि पूर्ण नभएको आशा
परलोकको निम्ति सँगालियो,
प्रेमले पक्षपात, अपराधले भय
भयले अपराध, अपराधले भय
फुक्तैफुक्तै बाल्यो।
लोभ बल्यो सङ्ग्रह सल्क्यो, तृष्णा ज्वाला दन्क्यो,
खोसाखोस भो, बलाबल भो,
तेरो मेरो भो, टोकाटोक भो,
प्रेम र घृणाको तानातानीमा
पानी पानी भो आगो आगो भो,
हूल हूल बेग्लाबेग्लै भो,
अनि प्रथम प्रथम युद्ध छेडियो।

क्रमश: अगाडि