भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग २२ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रा विधान सब फालिदेऊ,
बोक्राहरूले पेट भरुन्,
तिम्रा विश्वास श्वासले उडाऊ,
नीतिशास्त्र भएजति सबै
चूल्होभित्र घुसारेर
भात पकाऊ
तिहुन पकाऊ
अनि बाँडीकन खाऊ,
हाम्रो पेट मात्र होइन,
हाम्रो तन मात्र होइन,
हाम्रो मन मात्र होइन ,
हाम्रो बचन मात्र होइन,
विवेक पनि स्वतन्त्र रहोस्!
मानवताको उच्चतालाई
कुनै व्यक्तिले निहुर्या उन नसकोस्!
दस हजार वर्षअगि
भङेरा जतिसम्म सुखी थिए
अहिले पनि ती उस्तै छन्।
त्यतिभित्र मानिसले सुखसाधन
असङख्य बनाए,
तर सुखसाध्य भने बन्न सकेन,
किनभने
हामीले अपराध गर्यौँय
अनधिकार चेष्टा लिने
एउटा–एउटा व्यक्तिले
उसको मनअनुसार गरी
समाजलाई नचाएको
नाच्तै हामीले हेर्यौँस,
हामीले अपराध गर्यौँर।