Last modified on 29 जून 2017, at 22:50

आज किन साथी मलाई रोऊँ रोऊँ लाग्छ / पुष्प नेपाली


आज किन साथी मलाई रोऊँ रोऊँ लाग्छ
आज किन साथी मलाई रोऊँ रोऊँ लाग्छ

जीवन हाम्रो बित्ने हो कि विदेशैमा बसी
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
आज किन साथी मलाई रोऊँ रोऊँ लाग्छ

शिउपुरीको झरना छेउ घर हाम्रो छाप्रो
रुँदै होलान् बाबु आमा हेर्दै हाम्रो बाटो
आज किन साथी मलाई रोऊँ रोऊँ लाग्छ

साहिँली माहिली नाच्दै होलान् बजाँउदै मादल
झलझली सम्झिरहेछु कान्छीको गाजल
आज किन साथी मलाई रोऊँ रोऊँ लाग्छ

कान्छी रुन्थिन नजाऊ भन्दै बाटो छेकी छेकी
अर्को दँशै कुर्दा कुर्दै मरिने पो हो कि
आज किन साथी मलाई रोऊँ रोऊँ लाग्छ



................
शब्द, स्वर, सङ्गीत - पुष्प नेपाली