भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आज त्यसैले नुनिलो धारा / ध्रुव दवाडी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

                     आज त्यसैले नुनिलो धारा
आपस आपस जीवन सुम्पी
हर्ष मनाई हात समाई
औँठी साटी प्रेम लगाई
उस दिन लायौं दुइले माला
                     आज त्यसैले नुनिलो धारा ।

मुसुमुसु हाँसी लाज पचाई
दर्शकलाई उत्सुक पारी
नजर जुधायौं पहिलो बाजी
झटपट छल्दै सबको आँखा
                     आज त्यसैले नुनिलो धारा ।

स्वप्न खुलेझैँ भेट गरेर
जोडेथ्यौं यो विरही नाता
क्या छ अचम्म विधिको चाला
वास दुवैको टाढा टाढा
                     आज त्यसैले नुनिलो धारा ।

................
ज्वाला, २००६