भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आज नतमस्तक भएको छु / धुस्वाँ साय्मी
Kavita Kosh से
					
										
					
					आज
नतमस्तक भएको छु 
आफ्नै अगाडि
निकै वर्षदेखि सुतेको 
मेरो ‘म’
ब्युँझेको छ आज फेरि 
किनभने
आज मैले चोरढोकाबाट हैन 
भित्रिएर सदर ढोकाबाट 
सब थोक भनिदिएँ
	
	