Last modified on 26 मार्च 2018, at 16:37

आज पनि यसरी नै सुत्नु पर्‍यो / विमल गुरुङ


आज पनि उही नित्यकर्म दोहोरिए
आज पनि
केहि गर्छु भन्दा भन्दै
केहि नगरेरै दिन बित्यो
सपनाहरु
बिपनामा
आज पनि अनुबाद हुनसकेनन्
कल्पनाका पातहरु
आज पनि
ब्यवहारिकतामा खस्न सकेनन्
मनका घाउहरु
आज पनि दुखिरहे
आज पनि
अब यसरी नै सुत्नु पर्‍यो ।

आज त कुनै पुस्तकहरु पनि हेरिएन
कुनै नयाँ कुराहरु पनि देखिएन
निरस समयका चक्काहरु गुडिरहे
पहिरोले
अनुहार
भत्किएका
पहाडहरु रोइरहे
हिजो जसरी
आज पनि सडक पिडा भोगिरह्यो
हिजोजसरी ।