Last modified on 22 अगस्त 2020, at 14:30

आज राती / आरजू मोख्तराइन / सुमन पोखरेल

आज राती
माया गर्ने छौनौ तिमीले मलाई
थाकित छौ, दिक्क लागेको छ तिमीलाई
यी झङ्कारहरूसँग खेल्न ।

मेरा हातलाई विश्राम दिनेछु म
र बिसाउनेछु मेरा गोडालाई ।