आधी बाटो हिंडेपछि तिमीसँग भेट भयो
जिन्दगीको हाम्रो यात्रा त्यहींबाट सुरु भयो
सानो मोडैमा
भीर खस्थे सिरानीमा गुहार भन्न सकिन्नथ्यो
मन दुख्दा समाउने भर कतै भेटिन्नथ्यो
धेरै टाढा हिंडेपछि तिमीसित भेट भयो
सानो मोडैमा
एकान्त नि सुसेल्दथ्यो उदासीले गीत गाउँथ्यो
आँखाहरू रसाएर बेदनाको भेल बग्थ्यो
यस्तै भेलमा बग्दा-बग्दै तिमीसित भेट भयो
सानो मोडैमा