भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आफ्नो मृत्यु आफै छानेर मरौं / ध्रुवकृष्ण दीप

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हाम्रो देशका लागि हामी
नारा मरौं या जुलुस,
बन्दूक मरौं या बहादुरी
मृत्यु पूर्णतया
हानै इच्छानुकूल हुनुपर्छ
हाम्रो बस्ती-बस्तीमा आज
अनगिन्ती आर्यघाटवाहिरका मृत्युहरू
बेरोक धमाधम घुसिरहेछन्;
गल्ली, सडक र बजार सब
यस्तै मृत्युहरूले ढाक्न खोजिरहेछन् ।

मत्यहरूको यो मारामारीमा
जस्तोसकै मृत्युले घेरे पनि हामीलाई
कनै पनि हालतमा हामी
आफ्नो देशमा विदेश नमरौं;
मनैपर्छ त हामीले आखिर
आफ्नो मृत्यु छानेर मरौं;
नेपाली माटोकै मृत्यु मरौं ।