भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आमा पनि मेरो बाबा पनि गीत / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आमा पनि मेरो बाबा पनि गीत
मिठो बचन जसले बोल्छ उही मेरो गीत

लेकबेसी बोल्ने गर्छ मेरो गीतभित्र
छहरा छाँगा खेल्ने गर्छ मेरो लयभित्र
हिमाल पनि गीत मेरो गुराँस पनि गीत

उकालीको वरपीपलमा छाया दिन्छ गीत
कहिलेकाहीँ एक्लो भए माया दिन्छ गीत
पीर पनि गीत मेरो खुसी पनि गीत