भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आरोप / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

निर्दोष मेरा खुसीलाई सधैँभरि रुवाई
किनारमा तिमी हाँस्यौ मेरो नाउ डुबाई

कहाँ गए कसमहरू नछुट्टिने वाचाहरू
किन भत्क्यो साझा घर बेग्लै किन भाखाहरू

बज्न खोज्ने सारड्डीका सबै तार टुटाई
कौसीमाथि तिमी हाँस्यौ मेरो बस्ती उठाई

सम्झनाको आँधीहुरी नीलो नदी आँसुको
छोडी हिँड्यो यही चिनो जिन्दगीले मलाई !

नफूल्दै म झरेपछि तिमीलाई वसन्त भो
पानी माग्दा तिर्खा दियौ तिमी कस्तो आफन्त हो !

मध्यरातमा अचानक स्वप्नबाट ब्यूझाई
अर्कोतिर तिमी हाँस्यौ मेरो गह भिजाई !