भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आस अझै बाँकी छ / भीम विराग

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो सासमा तिम्रो मिलनको आस अझै बाँकी छ
मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ

भुल्न सकिन्छ कसरी धराकास मिलनको रात
जिन्दगीमा तिम्रो अँगालोको आभास अझै बाँकी छ

सागरमा डुबेर नै बित्यो सारा जिन्दगी जब
मरुभुभिय अतृप्तिको एहसास अझै बाँकी छ

आज भोलि मौसम खराब छ ए मेरो दु.खी मन
उन्को र मेरो सुवासित मधुमास अझै बाँकी छ

तिम्रो नाम लिएर बाँचेकोछु हरेक धड्कन
यो ओठमा तिम्रो अधरको सुवास अझै बाँकी छ

कती पीडा, कति हुर्मत तिरस्कार सहनु पर्यो
फेरि पनि जिउँदो छु भन्ने कटुमास अझै बाँकी छ ।