भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आहना / वसन्त चौधरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आहना !
हेरिरहेछु
म तिमीलाई
हेरि नै रहेछु
एकतमास
मेरी आहना !
यस्तो लाग्छ
प्रकट हुँदैछ प्रत्यक्ष अगाडि
मेरो भावना
आहना !
हेरिरहेछु
म तिमीलाई
हेरि नै रहेछु
एकतमास
मेरी आहना !
विपना, यो कस्तो विपना
सपनाभन्दा सपनाजस्तो
तान्दैछ मलाई
अगाडि अगाडि
स्वर्णमय रथ !
पुग्दैछु म, पुग्दैछु
स्वरगंगाको
त्यो अलौकिक
ज्योतिर्मय पथ !
सुनाखरीसरि
उभि दैलोमा
मुस्कानको छरी वासना
आहना !
तिमी मलाई
दिँदैछौ
सुनैसुनको
शुभकामना
मेरी आहना !