भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आहालमुनिको हिमाल / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमी यति सानो आहालमा सुतिरहेको देखेर
माया लाग्यो
तिमी त आकाशको विशालतामा
सुत्नुपर्ने
तिमी तल–तल नुहेको देखेर
दुःख लाग्यो
तिमी त माथि–माथि उठेर जानुपर्ने
आकाशलाई पनि उल्ट्याएछौ तिमीले
रूखलाई पनि घोप्ट्याएछौ तिमीले
तिमी यसरी उँधोमुन्टिएको देखेर
दुःख लाग्यो
आहालमुनिको हिमाल ।