Last modified on 18 मई 2020, at 10:40

इमान / बद्रीप्रसाद बढू

इमानको मान यहाँ रहेन
जमानको छैन कतै जमाना
आचार यौटै सब भ्रष्टको छ
जता ततै भ्रष्टको नै प्रभाव //१//

आचारमा भ्रष्ट जति जति छन्
सम्मान कस्तो सहजै हुने झन्
इमानको कर्म यहाँ गरेमा
होला कतै कि अपमान पो झन्//२//