Last modified on 11 जनवरी 2017, at 08:52

ईशारा त गर्नुभयो / राममान तृषित

ईशारा त गर्नुभयो माया मात्र हो कि हैन?
मै शिवाय हजुरको दिलमा अरु छ कि छैन?
भन्नुस न!

कसो गरी पत्याऊँ म आजैसम्मै हजुरले
कसैलाई लोभ्याएन जवानीको नजरले
यति आशा देखाएको मलाई मात्र हो कि हैन?
मै शिवाय हजुरको दिलमा अरु छ कि छैन?

सायद अरु कति होलान् हजुरलाई रुचाउने
मेरो जस्तै आशा लिई हजुरकै सामु आउने
अरुले त यस्तै भन्छन् साँच्चो मात्र हो कि हैन?
मै शिवाय हजुरको दिलमा अरु छ कि छैन?