भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उजाड हुन्छ बनै प्रिये ! गाउँ भुलेपछि / रवि प्राञ्जल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

उजाड हुन्छ बनै प्रिये ! गाउँ भुलेपछि
उदास हुन्छ मनै प्रिये ! गाउँ भुलेपछि ।

देखावटी हाँसो हाँस्छ सधैँ भरि शहर
पिरले सुक्छ तनै प्रिये ! गाउँ भुलेपछि।

कस्ले बेच्छ चोखो माया कस्ले बेच्छ खुशी?
माटो हुन्छ धनै प्रिये ! गाउँ भुलेपछि ।

कति रुनु सधैँ भनी शहर पस्छ मान्छे
झर्छ आँसु झनै प्रिये ! गाउँ भुलेपछि ।

गुमे सङ्गी, गुम्यो स‌ंसार,गुमे प्रियजन
गुम्यो आफ्नोपनै प्रिये ! गाउँ भुलेपछि ।