भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

उज्यालोको सर्त / राजेन्द्र शलभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

औँसीको रात थियो
टुकी बालेर म
फर्किएको मात्र थिएँ
सेतो लुगा लगाएको
एउटा रवाफिलो मानिस
मेरा अगाडि उभियो।
 
उसको मुठीका कापहरूबाट
उज्यालो चियाइरहेको थियो
मैले उसलाई सोधेँ—
‘तपाईंको मुठीमा के छ ?’
 उसले जवाफ दियो—
‘उज्यालो।’
मैले फेरि सोधेँ—
‘उज्यालोलाई किन मुठीमा थुनेर राख्नुभएको?’
 उसले जवाफ दियो—
‘तिमीलाई दिनका लागि ।’
दङ्ग परेर मैले हात बढाएँ र मागेँ—
‘दिनोस् न ।’
 उसले मुस्कुराउँदै भन्यो—
‘एउटा सर्त छ,
योउज्यालो पाउनका लागि
तिमीले आँखा चिम्लिनुपर्छ।’
छक्क पर्दै मैले उसलाई हेरेँ र सोधेँ—
‘आँखा नै चिम्लिएपछि
यो उज्यालोको के अर्थ ?’