Last modified on 9 जुलाई 2017, at 16:45

उज्यालो म कहाँ पाउँला ? / हरिभक्त कटुवाल


बतासले झारेका फूलहरु सँगाली
विरहका आँसुले तिनै फूल पखाली
माला गाँसिराखे ! भरे भेट्न आाउँला
कर्मै आफ्नो अभागी चोखो फूल कहाँ पाउँला ?

चोखो फूल चाहिन्छ ढुङ्गाको द्ध्यौतालाई
माया किन व्यर्थैमा मरिजाने मान्छेलाई
बत्ती बाल्नु पर्दैन अँध्यारैमा आउँला
अँध्यारैमा जुनी बित्यो उज्यालो म कहाँ पाउँला ?