उदयलहरी श्लोक ६१ - ७० / ज्ञानदिल दास
चेत्तैन दुनियाँ कति धन्दा गर्नु॥
हरिविना जन्म अकालै छ मर्नु ॥
अर्जि पुगे सबको सतलोक माँहाँ॥
भन्दा नसुन्ने ऑषा देष्छन् काँहाँ॥६१॥
ब्रह्म छेत्री वैसे सुद्र सबै थिया ताँहाँ॥
आफ्नु आफ्नु कर्म बाँडी दिया ताँहाँ॥
ब्रह्मालाई समाधी छेत्रीलाई नीञा॥
गोठ र घर वेपार वैसेलाई दीया॥६२॥
तीन जातको सेवा सुद्रले गर्नु॥
बाँडीयेको कर्म गरी सबैले छ तर्नु ॥
हुकुम भयो धनीको आफ्नुकर्म गर्नु॥
विप्रले दीय डेषी हलो माथी धर्नु ॥६३॥
दसराजा जिती आउनु छेत्रीलाई थीयो॥
धनजन धन्दाले बाटा थुनि दीयो॥
बैसेले किसान गरी वर्षैदीनमा आउनु॥
जाचक पठाउँदा त्यो काँहाँ पाउनु ॥६४॥
सुद्रले सेवागर्नु तिनै जातको थियो॥
आफ्नु कर्म छोडी ब्रह्म ग्यान लीयो॥
ब्रह्म ग्यान लियो र मद घेरै पीयो॥
जगतमा ब्रह्मग्यान सस्तो गरि दीयो ॥६५॥
चारे जातकों अर्जि पुग्यो धनीका ढोकामा॥
ब्रह्मज्ञान दि सक्यो धनका पोकामा॥
सुद्र साधु जति छन् धेरै धन भन्छन्॥
कन्ठी धारं गर्दा पचास् रूपञा गन्छन्॥६६॥
अमोलका चीजको मोल गर्ने कस्तो॥
वलाले लेष्छ जस्ताको तस्तो॥
मोल नगर्नु अमोलको चीज ॥
वेपार गर्न्या होइन परम्पद्को बीज॥६७॥
कन्ठी घारी धाम बनाई रूपिञा कमाउं छन्॥
सत्त्वगुण छोडी तमोगुण समाउं छन्॥
तमोगुण भन्याको निन्दा घरै गर्न्या ॥
तस्तैकन भन्छन् चौरासीमा पार्न्या ॥६८॥
तमगुण छोडी सत्व गुण समाउ॥
संगत मिलिज्युलि मतो जमाउ॥
यक मतो भयो भन्या परंपद पाउला॥
मतो फुट्यो भन्या सबै नर्क तलाउ जाउला॥६९।।
गरिप् ब्रह्मचोलाको निन्दा नगर्नु ॥
सतको हतियार्ली तमसंग लडनु॥
निन्दा गर्यो भनौला ढोकामा भयाको॥
सहस्र रिषि मुनि सब बसी कह्याको ॥७०॥