उदयलहरी श्लोक ७१ - ८० / ज्ञानदिल दास
रिषिमुनि वरिपरि मद्धेमा धाम॥
पैचान गर्दछन् हृदयाको राम॥
चन्द्र र सुर्जे झिलि मिलि तारा॥
झलमल मोति जोति उज्याला ॥७१॥
पण्डितादि जतिछन् जोतिष् जोतिष् भन्छन्॥
प्रात सही लग्न तिथिवार गन्छन्॥
जोतिषी भन्छन् जोतिष बडो ज्ञान॥
प्रातै उठी सुमेरण ग्रहको ध्यान ||७२॥
पंचांग वर्षाफल चिना चिटठा लेष्छन्॥
पात्रामा नभमा आंषा काँहाँ देष्छन्॥
ग्रह गोचरफो जाप गर भन्छन्॥
सुझ न बुझ अग्ला मात्रै गन्छन् ||७३॥
ग्रह देषि दोसरो कसैले मानेन॥
ग्रहको पिताकन जोतिष्ले जानेन॥
ग्रहका पिता जो छन् दिक्पाल रह्याका॥
तपि मुनि भक्तिले आदि कह्याका ||७४॥
क्यागर्छौ जोतिषी हो अभागे तालो॥
देष्छौ ताभन्छौ नजर्माथि जालो॥
जालोछ नजर्माथि आंषा देष्छन् कांहां॥
बडाहुँ हामी भन्छन् नरलोक मांहां ॥७५॥
चारै जुग तिथि बार्ले यसै गरी पाइनान्॥
ग्रह गोचर लेषि लेषि दिन विताउंछन्॥
सुर्जे सिद्धान्तिले जोतिष् बनाउंछन्॥
सोझो राहा छोडी जंगल तिर धाउंछन् ॥७६॥
ग्रहका पिता नचिनी जेमलोक जानान्॥
आफ्नुकर्म छोडी निमेक गरि षान्छन्॥
सत्ताइस नक्षेत्र अटाइस योग भन्छन्॥
पञ्चांग पात्रा वर्षे पिछे लेष्छन्॥७७॥
जोतिषले मुक्ति कैले हुन्थ्यो काँहाँ॥
सह्यारी नसकनु चारै जुग माँहाँ॥
ग्रहहरू कता छन् चाँडै गरि षोज॥
सुद्धिबुद्धि नपाया भक्ति जनलाइ सोध॥७८॥
चतुराइँले नहुन्या मिल्दैन थाहा॥
भक्तिजनले लीयो अजम्बको राहा॥
धन्ने हो जोतिषी तिनलोक देष्छन्।
जेमका दुतले घुमि घुमि छेक्छन्॥७९॥
भक्तिजन भन्याका नितं कर्म गर्न्या॥
जेमलोक छाडी सतलोक सर्न्या॥
भक्तिका छेउ गया आफ्नु गति पाउला॥
जेमलोक छाडी सतलोक जाउला ॥८०||