भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उद्गार / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मैले त सामयिक नै ठाने'थे
तिमीले असामयिक भनि नकार्यौं
मैले त आवश्यक नै भने'थे
तिमीले अनावश्यक सम्झि उपहास गर्यौंप
मायाका अनुभूतिहरु पानीमा उठेका फोकाहरु झैं बिलाएर गए
अब त मात्रै छ — शान्त तलाउ
र, तलाउ वरिपरिका भ्यागुताका बेसुरिला
टर्र... टर्र... आवाजहरु

मैले त अनुकूल नै सोचे'थे
तिमीले प्रतिकूल भनि टारिदियौं
मैले त पर्याप्त नै सम्झे'थे
तिमीले अपर्याप्त सोचि गिल्ला गर्यौंल
मायाका सम्पत्तिहरु प्वाँख लगाएर उडेर गए
अब त मात्रै छ — शून्य आकाश
र, हावामा गुन्जिरहेका हुटिट्याउहरुका उराठिला
हुटिट्याउ... ट्याउ.. आवाजहरु

मैले त सम्पूर्ण नै भने'थे
तिमीले अपूर्ण सोचि हाँस्यौं
मैले त अमर नै ठाने'थे
तिमीले मृत भनि खिसी गर्यौंर
अब त मात्रै छ — खडेरी जमीन
र, एकतमासले रोइरहेका स्यालहरुका अलच्छिना
हुउ... हुउ... आवाजहरु

शान्त तलाउमा रपनि केही बाँकी छ
शून्य आकाशमा रपनि केही सिंगै छ
खडेरी जमीनमा रपनि केही उम्रदो छ
मन— यसै कहाँ रित्तिंदो रहेछ
माया— यसै कहाँ सिद्धिंदो रहेछ
सामयिक/असामयिक
आवश्यक/अनावश्यक
अनुकूल/प्रतिकूल
पर्याप्त/अपर्याप्त
सम्पूर्ण/अपूर्ण
अमर/मृत
जे नै ठानेपनि
एकपटक फेरि तिमी सामु यही कुराहरु ब्यक्त गर्नु छ !
एकपटक फेरि तिमी सामु मायाका हरफहरु दोहोर्या उनु छ !!