भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
उपहार / मनप्रसाद सुब्बा
Kavita Kosh से
यौटा चोखो
अत्यन्तै अकृत्रिम
काँचो
कन्चन
यौटा धागोसम्म नबाँधेको
असुरक्षित
तर निडर
नि:सङ्कोच
अनि निर्दोष
यो मेरो नग्नता
तिमीलाई उपहार !
योभन्दा सुन्दर उपहार अर्को भेट्टाइनँ, रागिनी !