भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा अर्को सिद्धार्थ / एच. ढुण्डिराज / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

शुरूमा
धेरै कुराले हामी जस्तै नै थियो ऊ
असङ्ख्य बिरामी र बृद्ध मानिस
र लाशहरू
कै बीच बाँचिरहेको थियो ।

त्यसपछि, उठ्यो एकदिन ऊ
एक्कासी
र अदृष्य भयो ।

जुन क्षण,
एकाएक देख्यो उसले कतै
एउटा स्वस्थ मान्छे
एउटा युवा
र अर्को एउटा व्यक्ति
वस्तुत:
उसकै जीवन बाँचिरहेका ।