भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा इन्द्रेणी / रामाकृष्ण पेरुगु / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आज बिहान
लामो गोरेटो हुँदै परसम्म हिँडे म
इन्द्रेनीका रङ्गिन धनूषसँगै !

सोध्यो एउटा कवि साथीले -
के तिमी आफैँ एउटा इन्द्रेनी हैनौ र?’

हो, अनेकौँ इन्द्रेनीहरू पार गरेँ मैले
र पौडिएँ, आमाको मायाका दूधालू सागरका छालहरूमा...

अनुभूत गरेँ उत्साही अँगालोको न्यानो
मेरा सपनामा हरियालीहरूमा,
र पोल्ने प्रताडना
र जल्दै गरेको जीवनको तातो भट्टीमा ।

हो, मैले आफ्ना आला घाउलाई
कसरी प्रेम गर्ने भन्ने सिकेँ
र सबै रङहरूलाई घोलेर
चमेलीको फूलझैँ सेतो बनाउने कला सिकेँ
र हेर, मेरा अँध्यारा आँशुले
अक्षरहरू कुँदेँ मैले
मेरो तितोगुलियो जीवनमा ।
��
जीवनलाई छेक्ने नदी, सागर
र हिमालहरू पार गर्ने जोश र शक्ति दियो
जसले मेरा गोडामा
समर्पण गर्दछु उसलाई म आफ्नो विनम्रता।

यसबेला उसै गरिरहेछु म
यस आगोको जीवनपथमा
एक्लै
ढाकिरहेको पृथ्वीलाई
एउटा अर्को इन्द्रेणीजसरी ।