भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा कथा यस्तो थियो / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

निदाउने विश्वस्त धरती थिएन
ब्यूँझने भरपर्दो आकाश थिएन ।

भग्न एउटा पृथ्वी थियो
जिर्ण एउटा समय थियो ।

चल्थ्यो आँधी दुख्थ्यो मन
हुन्थ्यो वर्षात झर्थ्यो आँशु ।

हजार / हजार रात थियो
हजार / हजार त्रास थियो !

पात खस्थ्यो
रुख झस्कन्थें !

प्वाँख झर्थ्यो
चरा तर्सन्थें !

तृप्ति / तृष्णाको
सागर / मरुभूमिमा
एक्लै हिँड्थें / एक्लै डुब्थें !

थियो कथा यस्तो मेरो
एक्लै बाँच्थें / एक्लै मर्थें !

०००