भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

एउटा पेट बाँचिरहेछु / ध्रुवकृष्ण दीप

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अचेल मलाई—
मेरा साथीहरूले समेत
चिन्न छोडिसकेका छन्;
चिनून् पनि कसरी ।
अचेल म आफ्नो सिङ्गै टाउको
आफ्नै पेट भित्र कोचेर हिँड्छुः
कोही मलाई मुर्कट्टा भन्छन्त—
कोही जादुगर;
कसैसँग केही नभनी—
चुपचाप म घर फर्कन्छु।

हरेक रात म आफ्नो टाउको
पेटबाट बाहिर निकालेर हेर्छुः
टाउको ढाडिएर— गिलोबासी भातजस्तै
ठसठस्ती गनाइराखेको हुन्छ;
अनि म चुपचाप नाक थुनेर—
ढाडिएको टाउको पुछ्दै
सुत्छु।

धेरै भो— जिन्दगी यस्तै काटिरहेछु;
टाउकाको नाममा केवल एउटा पेट बाँचिरहेछु।