भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा बेपत्ता चराको खोजी / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

उजाड हृदयको उदास गल्लिबाट
युगौं पहिले
उडेर गएको थियो एउटा विवश चरा !

बादल फाटेर चकमन्न आकाश खुलेको दिन
कतै दूर क्षितिजमा
निर्निमेष हेरिरह्यो भने
देखिन्छ रे आँशुले लत्पत एउटा आकृति !

हुन पनि सक्छ
नहुन पनि सक्छ
तिम्रो यादमा भिजिरहने मेरो आँखाको परेला
सायद
त्यही अभागी चराको प्वाँख हो !

०००