भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा मान्छे / मोहम्मद अलरामादी / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एक हुल मानिसहरू झुम्मिए सपनाको ढोकामा
तँछाडमछाड गर्न थाले तिनीहरू
त्यस पवित्र सपनाभित्र पस्न भनेर
जान नपर्नेहरूलाई रोक्नका लागि उभिएँ म त्यहाँ,

सपनाको कोठाभित्र
प्रार्थना गरिरहेथ्यो एउटा मानिस
नबुझिने शब्द बरबराउँदै
छेड्न खोज्दै थियो समयको गारोलाई
नाघ्न खोज्दै थियो बह्माण्डको पर्खाल
सबैभन्दा गोप्य रहस्यसम्म पुग्ने अभिष्टले।

हजारौँ वर्षदेखि कोशिस गरिरहेछ ऊ
तर पुगेको छैन अझै।
विष्मित छन् उसको यत्न देखेर
उसलाई पहरा दिइरहेका देवदूत र अप्सराहरू,
र सोचिरहेछन्
कति मूर्ख रहेछ यो बुद्धिमान मानिस
यो मानवजाति।