भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
एउटा हुरि चलाएर गयौ / सविता गौतम दाहाल
Kavita Kosh से
कुनै पनि साधनविना
कोमल फुलको स्पर्शझै
हिर्काएर गयौ
बेसरी दुख्यो र थलिए
तिम्रो उपस्थिति मन पराएर व्यर्थ आहत भए ।
फेरिपनि स्वीकार्छु
केही भित्र कतै छुनेगरि सिकाएर गयौ
निराशाको एक जोर लुगा फेराएर गयौ
गर्न नसकेका कामहरुको घाऊ कोट्याएर
अनि फेरि भावमा सत्यताको मलम लगाएर गयौ ।
न यी ज्वारभाटा
तिमीलाइ वताउन सक्छु
नत तत्कालै सुधारेर
सफाइदिन सक्छु
हो म मान्छु
तिमीले एउटा वगिरहेको नदीलाई
हक अधिकारको पाठको पातातिर
संकेत गरेर गयौ ।
एउटा हुरि चलाएर गयौ
धुलोले आँखा खोल्न नसक्ने
भूमरीमा धकेलेर
निस्कन्छ नै, भने विश्वास थियो सायद तिमीलाई
हुरुक्कै हुने गरि खलबलाएर गयौ
अदृश्य कणहरुलाई औलाएर गयौ ।