भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटी आमाको धर्म / निवेदिता झा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एउटी आमा
हुन्नन् कहिल्यै हिन्दू वा मुसलमान।
जान्दैजान्दिनन् उनी त्यस्ता केही ।

उनी स्त्री र एक जीवन
अनि सृष्टिले लेख्न सिक्दाको पहिलो प्रयास ।
जान्दिनन् उनी
धर्म र त्यसका चिराहरू
या फाटोहरू ।

जन्माउँछिन् उनी सभ्यता
जोगाउँछिन् जिन्दगी
उनका प्रार्थनाबाट उम्रिन्छन् प्रतिफलहरू
र उनका आराधनामा बास बस्छन् असङ्ख्य वरदान, भन्ने
थाहै नपाई ।

भेटेकी छैनन् कुनै ईश्वरलाई
न त देखैके छन् कतै कुनै खुदा उनले ।
जान्दिनन् भेद पराईको ।
के प्रेम गर्नलाई गीता र कुरान पढ्नु पर्छ र !
 
जो मन्दिरमस्जिद जान्छन्
आपसमा झगडा गर्छन्
र नदीहरू बग्न थाल्छन्
तिनीहरूमा पर्दिनन् उनी।

मुस्कान पढ्छिन्,
त्यसैले
हुन्नन् आमा कहिल्यै पनि
हिन्दु वा मुसलमान ।