Last modified on 6 मई 2021, at 08:55

एकाएक मेरो एकान्त चलाई / सुमन पोखरेल

एकाएक मेरो एकान्त चलाई
सङ्कटमा पार्‍यौ तिमीले मलाई

मातूँ म भन्थेँ रक्सीले आज
छेउ आई बस्यौ तिमी यतिखेरै
हेर्छु यो प्याला र तिम्रा आँखामा
छुट्याउन गाह्रो भो’ कुन मात धेरै

समाऊँ म भन्छु प्याला लम्केर
तिमीतिर बढ्न खोज्छ यो हात
दोधारमा परेँ, के गरूँ नगरूँ
पिऊँ यो मदिरा या पिऊँ तिम्रो मात