अँध्यारो
एकैछिन बल्छ दियोको बत्ती साँझैमा निभ्दछ
फैलाऊँ भन्छु उज्यालो आकाश छातीमै छिप्दछ
थाकेको बाटो रोकिन्छ सधैँ मैनिर आएर
चाहन्छु खोल्न म नयाँ बाटो हुँदैन चाहेर
पहरे भई ढोकैमा बस्छन् अज्ञानी सिपाही
थुनेर सारा विकृतिहरू मैभित्र छिपाई
कति छ लेख्नु अँधेरी कथा उज्यालो पातमा
सकिन किन पग्लेर जान म हर रातमा
भालेको डाँकमा म खोल्छु पर्दा, झन् रात पलाउँछ
सुनौला रङ्को बिहानी चाह खै के ले जलाउँछ ?