भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक्ली छुइनँ म / गाब्रिएला मिस्ट्रल / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सुनसान छ रात,
हिमालदेखि सागरसम्म।
तर म एउटी भने
झङ्कृत गरिरहेछु तिमीलाई।
एक्ली छुइनँ म।

मौन छ आकाश,
जून सागरमा डुबेदेखि।
तर म एउटी भने
समातिरहेछु तिमीलाई।
एक्ली छुइनँ म।

सुनसान छ संसार।
दुखित छन् सबै।
तर म एउटी भने
अँगालो हालिरहेछु तिमीलाई,
एक्ली छुइनँ म।
...................................................................
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।