भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक ऋतु / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

शोकधूनमा उठेका बादलहरू
फर्केर जाऊन् सागरको छातीमै
र मस्तसँग हाँस्न पाऊन्
यी ओठहहरूले
मङ्ल धूनको एक ऋतु
मीठो हाँसो ।
 
फूलहरूको ऐनामा
मुस्कुराउँदै उठून्
जिन्दगीका बेहिसाब खुसीहरू
र जन्माइरहून्
औँलाहहरूले
अञ्जुली भरी-भरी
मीठो समय ।
 
म समयको वृत्तभित्र
फैलाएर
साङ्लाहरू भर्खरै चुँडालिएका हातहरू
चक्रव्यूहबाट बाहिरिने
कोशिस गरिरहेछु ।