भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कतिसँग कमलो मन होला / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कतिसँग कमलो मन होला
धेरैसँग त मुटु दन्दन् होला

आफूलाई सबै अनुवाद गरेछौ
बाँकी केही आफ्नोपन होला

अरुका लागि पनि जुट्नसक्ने
हातहरु विद्यमान छन् होला

डाम नबनाई छोडे र, आँखाहरुले
वेदाग तिमीसँग तन होला

साथी, भाइ मलाई सोध्ने गर्छन्
‘जन्मा कति त“सँग धन होला ?’