भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कति टाढा खोलाको किनार / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कति टाढा खोलाको किनार, कति टाढा सपना मेरा
बगर मात्रै बाटोमा पर्छन्,कति टाढा जीवन मेरा

बैँसलाई मात्र जिन्दगीभरि रोकेर भएन
कतिका पाइला छेकुँला भन्थेँ, छेकेर भएन
कति टाढा ती वश मेरा, कति टाढा निश्वास मेरा
बगर मात्रै बाटोमा पर्छन्, कति टाढा जोवन मेरा

बितेका कुरा कागजमामात्र लेखेर भएन
व्यर्थै पनि आँशु हुन् भनी, पोखेर भएन
कति टाढा आकाश सारा. कति टाढा विश्वास मेरा
बगर मात्रै बाटोमा पर्छन्, कति टाढा जोवन मेरा