भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कति दिन बिते कति रात ढले / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



कति दिन बिते कति रात ढले
प्रतीक्षाको दियो कति साँझ जले
 
बलिरहू तिमी साँझमा उज्यालै
अँध्यारो बनी म बिथोल्न नआउँला
कतै आँधीहुरीले ढाल्न खोजे
म तिम्रो सहारा कतैबाट आउँला
कति फूल फुले कति पत्र झरे
प्रतीक्षाको दियो कति साँझ जले
 
तिमी जति टाढा भए पनि दिनै
झनै आउँछ नजिक यादगारी साँझ
म भुल्न खोजेर ओठले त सकुँला
तर तिम्रो नाम छ मुटुको माझ
साँझकै पर्खाइमा कति हार मिले
प्रतीक्षाको दियो कति साँझ जले